ad ad

बागमती


आफ्नै भवन बनाउँदै बागमती सरकार

आफ्नै भवन बनाउँदै बागमती सरकार

सुनिता विष्ट
फागुन २९, २०७९ सोमबार ११:२३, हेटौँडा

पहिलो कार्यकाल भाडाकै घरमा पूरा गरेको बागमती प्रदेश सरकारले दोस्रो कार्यकालमा भने आफ्नै भवन बनाउने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नै संरचना बनाउन तयारी थाल्ने निर्णय गरेको हो।

हेटौंडा-१६ शिवम् सिमेन्ट उद्योगनजिकै रहेको जग्गामा सबै मन्त्रालय एकैठाउँमा रहनेगरी भवन निर्माणका लागि कार्ययोजना तयार गर्ने निर्णय भएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए। 

उनका अनुसार संरचना निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको काम अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। भर्खरै समिति बनाएर जग्गा प्राप्तिका लागि केन्द्रीय सरकारसँग अनुमति मागिएको प्रदेशका सचिव निश्चलराज पाण्डेले बताए। भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै सचिव पाण्डेले प्रदेश सरकारको भोगचलनमा जग्गा ल्याएपछि डीपीआरको कार्य अघि बढाइने बताए। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारको अघिल्लो कार्यकाल अर्थात् निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे हुँदा अर्थमन्त्री रहेका हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सो स्थानको जग्गा छनोट गरेका थिए। संरचना निर्माणका लागि आठ स्थानमा कूल १ सय ९५.२७ बिघा जग्गामध्ये हटियाको जग्गा प्रदेशको संरचना निर्माणका लागि छनोटमा परेको हो। 

तत्कालीन समितिले हेटौँडा–१९ लेवटमा ८०, हेटौँडा–१६ मा ५४, हेटौँडा–६ चित्रेपानीमा २५, हेटौँडा–९ लामसुरे हाइटमा १५, हेटौँडा–१७ डिपोचौर हटियामा १२, हेटौँडा–९ स्थित हेटौँडा सिमेन्टको स्वामित्वमा रहेको पाँच, हेटौँडा–१५ भोर्लेमा २.१३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २.१४ बिघा जग्गा छनोट गरेको थियो। सो मध्येबाट हेटौंडा १७ हटियामा रहेको २.१४ बिघा जग्गामा प्रदेशको संरचना निर्माणका लागि प्रक्रिया थालनी गरिने अर्थमन्त्री एवं सरकारका प्रवक्ता थपलियाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .