ad ad

खेल


पीएनजीविरुद्ध नेपाली बलरको जादु चलेपछि... (तस्बिरहरु)

पीएनजीविरुद्ध नेपाली बलरको जादु चलेपछि... (तस्बिरहरु)

पीएनजीविरुद्ध विकेट लिएपछि नेपाली खेलाडीहरु। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन २९, २०७९ सोमबार ११:३५, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली बलरहरुको जादु चल्दा पपुवा न्युगिनी सय रन पनि नबनाउँदै संकटमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ८० रनमै संकटमा परेको हो।

२८ ओभरको खेल सकिँदा पीएनजीले ८ विकेट गुमाइसकेको छ। उसले अहिले केबल ९४ रन मात्रै बनाएको छ।

नेपालका लागि सन्दीप लामिछानेले ४ र ललित राजवंशीले २ विकेट लिइसकेका छन्।

त्यसैगरी सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रहेको छ। नेपालले कसिलो बलिङ गर्दा पीएनजीका कुनै खेलाडीले व्यक्तिगत २० रन कटाउन सकेनन्। 

पीएनजीका लागि असद भलाले ३१ बलमा सर्वाधिक २० रन बनाए। अन्य ब्याटरहरु नेपाली बलरसामु निरीह सावित भए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .