ad ad

बागमती


ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु, छोरी गम्भीर घाइते

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु, छोरी गम्भीर घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १५, २०७९ बुधबार ६:४८, काठमाडौँ

ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु भएको छ। उनीहरुकी छोरी गम्भीर भाइते भएकी छन्। 

ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भइ महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी ५ वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .