ad ad

बागमती


भारतीय संसदमा राखिएको नक्साको विरोधमा बागमती प्रदेश सभा बैठक स्थगित

भारतीय संसदमा राखिएको नक्साको विरोधमा बागमती प्रदेश सभा बैठक स्थगित

फाइल फोटो


सुनिता विष्ट
जेठ १७, २०८० बुधबार १६:१३, हेटाैँडा

भारतको नवनिर्मित संसद भवनमा राखिएको नक्साको विरोध जनाउँदै बागमती प्रदेश सभा अवरुद्ध भएको छ।

छिमेकी मुलुकको संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेतलाई अंकित गरिएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेश गरेको संकल्प प्रस्ताव बहुमतले पारित गर्दै बैठक स्थगित भएको हो।

नेपालको कुनैपनि भूभाग कसैको अधिनमा नरहेको बताउँदै भारत सरकारलाई उक्त नक्सा सच्याउन कुटनीतिक माध्यमबाट पहल गरोस् भन्दै एमालेका सचेतक मधुसूदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए।

संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै भारत सरकारको विरोधमा बागमती प्रदेश सभा स्थगित गरिएको थियो।

नेपालखबरसँग थप कुराकानी गर्दै एमाले सचेतक पौडेलले यो विषय सबैको चासोको विषय भएको कारण प्रतिपक्षीले राखेको प्रस्ताव पनि पारित भएको प्रतिक्रिया दिए।

‘यस विषयमा बैठक बस्नुपूर्व नै कार्यव्यवस्था परामर्श समितिको बैठकमा विरोध गर्नुपर्छ भनेर हामीले प्रस्ताव राख्यौं’ उनले भने, ‘छलफलको क्रममा सबै दलका साथीहरुले सर्वसम्मत् प्रस्तावकै रुपमा लैजाउँ भन्नुभयो। एमालेको मात्रै व्यक्तिगत कुरा होइन। बागमती प्रदेश सभाले नै सर्वसम्मत् संकल्प पारित गर्दै भारत सरकारको विरोध गरेको छ।’

आमागी आर्थिक वर्ष २०८०/०८१ को आइतबार प्रस्तुत भएको नीति तथा कार्यक्रम माथिको छलफल गर्न बसेको प्रदेश सभा बैठक स्थगित भएको हो। प्रदेश सभाको दोस्रो अधिवेशनको नवौं बैठक पुनः सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .