बागमती


बागमतीमा साइबर अपराध : ६० प्रतिशत भन्दा धेरै उजुरी चितवनमा

कुन जिल्लामा कति उजुरी?
बागमतीमा साइबर अपराध : ६० प्रतिशत भन्दा धेरै उजुरी चितवनमा

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १७:१९, हेटाैँडा

बागमती प्रदेशमा साइबर अपराधको घटना बढ्दै गएको पाइएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा यहाँ २ सय ८६ वटा साइबर अपराधको उजुरी दर्ता भएको छ।

यो उपत्यका बाहेकका १० जिल्लाको मात्रै तथ्यांक हो। जसमध्ये सबैभन्दा बढी उजुरी चितवन जिल्ला प्रहरी कार्यलयमा परेको छ। जहाँ चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय ६० उजुरी दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। कुल उजुरीको झण्डै ६० प्रतिशत साइबर अपराधको उजुरी चितवनमा परेको हो।

साइबर क्राइमको उजुरी पर्ने त्यसपछिको दोस्रो जिल्ला मकवानपुर हो। यहाँ झण्डै ११ महिनाको अवधिमा ९५ उजुरी दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

यस्तै, सिन्धुपाल्चोकमा ३, रसुवामा ३, नुवाकोटमा १, धादिङमा ३, काभ्रेपलाञ्चोकमा ८, सिन्धुलीमा ३, दोलखामा ३ र रामेछापमा ७ वटा साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

विभिन्न जिल्लाहरुमा परेको उजुरीमा सबैभन्दा धेरै सामाजिक सञ्जाल ह्याक भएको जनाइएको छ। उजुरी परेको २ सय ८६ मध्ये सामाजिक सञ्जाल ह्याक गरेको भन्ने विषयमा मात्रै १ सय ३५ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। झण्डै आधा मानिस सामाजिक सञ्जालको ह्याकरबाट पीडित भएको पाइएको छ। यस्तै, फेक आइडी बनाएर गरिएको अपराधमा ९० वटा उजुरी दर्ता भएको छन्।

यस्तै, टिकटक मार्फत साइबर क्राइम गर्ने २२ जना, इन्स्टाग्राम मार्फत २८ जना, ट्वीटर मार्फत २, ह्वाट्सएम मार्फत २ र पि एड्रेस मार्फत ७ वटा साइबर क्राइमका उजुरी परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .