बागमती


काठमाडौँ वसुन्धराको गार्मेन्टमा आगलागी

काठमाडौँ वसुन्धराको गार्मेन्टमा आगलागी

वसुन्धरास्थित सिद्ध बाबा इन्टरप्राइजेजमा आगलागी


नेपालखबर
जेठ २७, २०८३ बुधबार १०:४७, काठमाडौँ

काठमाडौँको टोखा नगरपालिका-५, वसुन्धरास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा मंगलबार बिहान आगलागी भएको छ।

आगलागी नेपाली सेनाको नेतृत्वमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण तथा नरसिंहदल गणबाट २ वटा दमकलसहित खटिएको टोलीले अन्य सुरक्षा निकाय, स्थानीय तथा काठमाडौँ महानगरपालािका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपा‍लिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका, जुद्ध वारुण यन्त्र, वसन्तपुर र सशस्त्र प्रहरी बलको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो।

आगलागीमा मानवीय क्षति नभएको र सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) का साथै सोही इन्टरप्राइजेजसँग जोडिएका किराना पसल र टीभी पसलमा समेत क्षति भएको प्रहरीले नेपालखबरलाई तस्बिरसहित जानकारी दिएको छ। 

क्षतिको मूल्यांकन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad