राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
अधिवेशनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद भुषालले १११ मत प्राप्त गरे भने प्रकाश आचार्यले २२ मत पाए।
उपसभापतिमा निर्मला गिरि १९० मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ र प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका छन्। त्यस्तै सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल १९४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरे।
सहसचिव पदमा कुशल पाठक १८७ मतसहित निर्वाचित भएका छन्। उक्त पदका अन्य उम्मेदवार पार्वती पाण्डेले ६९, बेदप्रसाद आचार्यले ५४ तथा चुमबहादुर जीसीले ३७ मत प्राप्त गरेका छन्।
चितवनमा पहिलोपटक सम्पन्न जिल्ला अधिवेशनले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास र आगामी राजनीतिक यात्राका लागि नयाँ नेतृत्व चयन गरेको रास्वपाका कार्यकर्ताहरूले बताएका छन्।
Shares

प्रतिक्रिया