पहिलाका स्टारहरु फ्लप हुने र नयाँ फुटबल स्टार उदाउने एउटा विश्व इभेन्ट पनि हो विश्वकप फुटबल। यो पटक कुन फुटबलरले कस्तो प्रदर्शन गर्लान् ? विश्वका चिरपरिचित फुटबल टोलीमा नजर लगाउँदा नछुट्ने एउटा नाम हो– ह्यारी केन।
हो, यो पटकको विश्वकपमा इङ्लिस टोलीका लागि विश्व कप फुटबलको आशाको केन्द्र केन नै हुन्। र कप्तानको भूमिकामा उनी यो जिम्मेवारी आफ्नो काँधमा लिन तयार देखिन्छन्।
हुन पनि ६ फिट २ इञ्च अग्ला ह्यारीका लागि आफ्नो फुटबल करिअरमा अब यो भन्दा ठूलो अवसर पाउने छैनन्। अहिले उनी ३२ वर्षका भए।
ह्यारी जीवनको अन्तिम अन्तिम खेल्न आशा बोकेर उत्तर अमेरिका पुगेका छन्। यसअघि सन् २०१८ र २०२२ मा सामूहिक र व्यक्तिगत कमजोरीका कारण पराजित भएकाले पनि यस पटक सुरुदेखि नै लय समात्नुपर्ने दवाब उनीमाथि छ।
हो, यस पटक पूरै इंग्ल्यान्डको भरोसा उनको काँधमा छ तर केन उत्तर अमेरिकामा आफूलाई असरदार सावित गर्न तयार देखिन्छन्।
Shares

प्रतिक्रिया