बागमती


थानकोट–चित्लाङ सडकखण्डमा कार दुर्घटना, चार जनाको मृत्यु

थानकोट–चित्लाङ सडकखण्डमा कार दुर्घटना, चार जनाको मृत्यु

नेपालखबर
पुस २८, २०८० शनिबार १५:५०, मकवानपुर (हेटौंडा)

गणेशमान सिंह मार्ग (थानकोट)मा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दिउँसो करिब २ बजे भएको कार दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

एक बच्चा गम्भीर घाइते भएको उनको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। सवारी साधन  प्रदेश ३–०१०२३ च ६९८५ नम्बरको प्राइभेट कार रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त थानकोटका डीएसपी नारायण प्रसाद अधिकारी नेतृत्वको टोली उद्धारमा खटिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .