बागमती


हेटौँडा उपमहानगरपालिकालाई अब अनलाइन वा फोनबाटै गुनासा टिपाउन सकिने

हेटौँडा उपमहानगरपालिकालाई अब अनलाइन वा फोनबाटै गुनासा टिपाउन सकिने

नेपालखबर
फागुन ९, २०८० बुधबार ९:४६, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाले आफ्ना सेवा तथा काम/कारबाहीका विषयमा नागरिकले अनलाइन तथा फोनमार्फत गुनासा/सुझाव टिपाउन सक्ने सेवा सञ्चालन गरेको छ।

उपमहानगरपालिकाबाट हुने सेवा प्रवाह, विकास-निर्माणलगायत काम/कारबाहीका विषयमा नगरवासीका कुनै गुनासा वा सल्लाह भए अब अनलाइन र फोनमार्फत नै दर्ता गराउन पाउने व्यवस्था गरिएको हो। 

गुनासा दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवेयर सञ्चालनमा ल्याउँदै घरमै बसेर फोन वा इन्टरनेटका माध्यमबाट गुनासा टिपाउन सक्ने जनाएको छ।

उपमहानगरपालिकाका अनुसार इन्टरनेट सेवामार्फत कार्यालयबाहेकका  समयमा पनि gunaso.hetaudamun.gov.np. वा ०५७–५९७००१ नम्बरमा फोन गरी गुनासा/सुझाव टिपाउन सकिनेछ। 

अहिलेका लागि नेपाल टेलिकमका सेवामार्फत गुनासा रेकर्ड गराउन सकिने र केही समयभित्रै अन्य सेवा प्रदायकका फोन तथा मोबाइलबाट पनि यो सेवा सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिको सूचना शाखाले जनाएको छ।

उपमहानगरपालिकाले सेवाग्राहीलाई आफ्ना गुनासा वा सुझाव भए टिपाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .