बागमती


काठमाडौँ उपत्यकामा वर्षकै ठूलो हिउँदे वर्षा

काठमाडौँ उपत्यकामा वर्षकै ठूलो हिउँदे वर्षा

काठमाडौँमा बिहीबार वर्षा हुँदा भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) कार्यालयबाट लिइएको दृश्य। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
फागुन ११, २०८० शुक्रबार ८:३१, काठमाडौँ

बिहीबार काठमाडौँ उपत्यकामा भएको वर्षा उपत्यकाका लागि यस वर्षकै ठूलो हिउँदे वर्षा भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार उपत्यकामा परेको पानी यस ठाउँका लागि हिउँदयताकै ठूलो वर्षा हो। 

‘काठमाडौँ उपत्यकामा बिहीबार ७.८ मिलिमिटर वर्षा भएको छ, यो उपत्यकाका लागि यस वर्षकै ठूलो हिउँदे वर्षा हो’, उनले भनिन्, ‘यसअघि छिटपुट मात्र पानी परेको थियो।’

त्यसो त बिहीबारको वर्षा देशभरकै लागि यो वर्षको ठूलो हिउँदे वर्षा हो। 

यो पढ्नुहोस्बिहीबार हिउँदयताकै ठूलो वर्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .