बागमती प्रदेशसभा सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा सभामुखकै निवास हेटौँडामा सर्वदलीय बैठक सुरु भएको हो।
गत आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पुन: बैठक राखिएको हो।
यसअघि बसेको बैठकमा संसद् सञ्चालनका विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन।
सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा प्रदेशसभामा रहेका ७ राजनीतिक दलमध्ये ६ दल सहभागी छन्।
बैठकमा नेपाल मजदुर किसान पार्टी भने सहभागी भएको छैन।
54
Shares

प्रतिक्रिया