ad ad

बागमती


मकवानपुरमा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

मकवानपुरमा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

नेपालखबर
चैत १३, २०८० मंगलबार ११:४०, हेटौँडा

मकवानपुरमा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४, गोठखोलास्थित धरान चतरा सडक खण्डमा कारको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

हात्तीसुडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३–०१०२४ च १७९६ नम्बरको कारले गरगरेबाट विपरीत दिशातर्फ साइकलमा जाँदै गरेका स्थानीय ११ वर्षीय निशान बानियाँलाई ठक्कर दिएको हो।

उनको उपचारका क्रममा हटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। कार चालक भरतपुर महानगरपालिका १० बस्ने सारदा सुवेदी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .