ad ad

बागमती


यी हुन् ट्राफिक प्रहरी हत्या आरोपमा पक्राउ परेका महिला–पुरुष

यी हुन् ट्राफिक प्रहरी हत्या आरोपमा पक्राउ परेका महिला–पुरुष

प्रहरी जवान युवराज घिमिरे हत्या आरोपमा पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गर्दै प्रहरी। तस्बिर : विमलबहादुर विष्ट/रासस


नेपालखबर
जेठ ६, २०८१ आइतबार १३:२३, काठमाडौँ

काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ। 

घिमिरेको शव काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा गत शुक्रबार फेला परेको थियो। 

उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्याबारे पत्रकार सम्मेलन गरी जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे। तस्बिर : विमलबहादुर विष्ट/रासस

पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, , स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो। 

बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। 

प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .