बिहानैदेखि वर्षा भएका कारण पछिल्लो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएको थियो। जुन काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च न्यूनतम तापक्रम थियो।
तर पछि बिहान ८:४५ बजेको मापनमा घटेर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.७ डिग्री सेल्सियसमा झरेको हो।
मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो नै हो।
आज उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने अनुमान मौसमविद्ले गरेका छन्।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस थियो भने गत शनिबार (जेठ ५ गते) उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च ३३.६ डिग्री सेल्सियस पुगेको थियो।
Shares

प्रतिक्रिया