बागमती


बनेपामा चक्काजाम गर्दा प्रहरीकै अगाडि कुटाकुट (भिडिओ)

बनेपामा चक्काजाम गर्दा प्रहरीकै अगाडि कुटाकुट (भिडिओ)

तस्बिर तथा भिडिओ देवराज केसीको फेसबुकबाट।


नेपालखबर
जेठ २३, २०८१ बुधबार ११:४९, काठमाडौँ

काभ्रेको बनेपामा बुधबार हिमाल-तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीबीच कुटाकुट भएको छ।

बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका कर्मचारीले बस तेर्स्याएर चक्काजाम गरेपछि भएको विवाद झडपमा परिणत भएको हो।

अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको प्रहरीले जनाएको छ। 

सडक खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरूबीच कुटाकुट भएको हो। 

अहिले भने अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। 

हेर्नुहोस् कुटाकुटको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad