बागमती


ललितपुरमा पनि चल्यो डोजर, भत्काइयो सहकारी बोर्डको पर्खाल (भिडिओ)

ललितपुरमा पनि चल्यो डोजर, भत्काइयो सहकारी बोर्डको पर्खाल (भिडिओ)

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १३:२३, काठमाडौँ

ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृतरूपमा बनाइएको पर्खाल भत्काइएको छ।

अदालतले समेत सो पर्खाल अनधिकृत रूपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजरले भत्काएको हो।

२०७३ पुस १८ गते बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

उनले भने, ‘२०७३ पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रूपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन उपमहानगरपालिकाको निर्णयअनुसार अहिलेसम्म विभिन्न कारणले मुद्दाहरू हाल्यो। अहिले सम्मानित उच्च अदालत, सर्वोच्च अदालतबाट भत्काउने फैसला गरेका कारण आज हामीले यो भत्काएको हो।’

पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो। यसैबीच स्थानीयवासीले पनि सो भवनले आफ्नो घर जाने सडक समेत मिचेको भन्दै असन्तुष्टि जनाएका थिए। स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरूको घर जाने सडक बाटोसमेत मिचेको दाबी गर्दै आफूहरूमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरिन्।

हेर्नुहोस् भिडिओ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad