बागमती


मकवानपुरमा पल्टिएको कन्टेनर क्रेनले सारेपछि दुवैतर्फ खुल्यो पूर्वपश्चिम राजमार्ग

मकवानपुरमा पल्टिएको कन्टेनर क्रेनले सारेपछि दुवैतर्फ खुल्यो पूर्वपश्चिम राजमार्ग

दुवैतर्फ सडक खुलेपछि


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १२:५३, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईनजिक आज (बिहीबार) बिहान कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २ घण्टापछि खुलेको छ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिँदा राजमार्ग बन्द भएको थियो। 

क्रेनको सहायताले उक्त लहरी ट्रक साइड लगाएर दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनापछि २ घण्टाजति राजमार्ग बन्द भएको थियो। जसले गर्दा सयौँ गाडीको लाम लागेको थियो। 

दुर्घटनामा लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।

उनको दाहिने हातमा चोट लागेको छ। उनी अहिले हेटौँडा अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad