बागमती


भीमफेदीमा ग्यास बुलेट पल्टियो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

भीमफेदीमा ग्यास बुलेट पल्टियो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

त्रिभुवन राजपथअन्तर्गत भीमफेदीस्थित रातोमाटेमा पल्टिएको ग्यास बुलेट।


सुनिता विष्ट
माघ २८, २०८१ सोमबार ११:५३, हेटौँडा

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो।

दुर्घटनाका कारण उक्त सडकमा एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए।

मकवानपुर प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेट दुर्घटना भए पनि यसका चालक र सहचालक दुवै सकुशल छन्।

डीएसपी अर्यालले चालकले बाटो बिराउँदा र सडक साँघुरो र अप्ठ्यारो भएका कारण बुलेट दुर्घटना भएको हुन सक्ने अनुमान गरे। 

उनले पल्टिएको ग्यास बुलेट उठाउन अझै केही समय लाग्ने बताए। 

उक्त अवधिमा हेटौँडाबाट उक्त सडक हुँदै काठमाडौँ आउजाउ गर्ने सवारीसाधनलाई कान्ति लोकपथ वा चितवतनतर्फको बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad