बागमती


त्रिशूलीमा भेटिएको शव ९ दिनअघि मोटरसाइकलबाट खसेका रोहितकै भएको पुष्टि

त्रिशूलीमा भेटिएको शव ९ दिनअघि मोटरसाइकलबाट खसेका रोहितकै भएको पुष्टि

उनी सवार मोटरसाइकल र रोहित रानाको फोटो, पृष्ठभूमिमा त्रिशूली नदी।


सुनिता विष्ट
फागुन ११, २०८१ आइतबार १०:५९, हेटौँडा

त्रिशूली नदीमा आज (आइतबार) बिहान भेटिएको शव ९ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता रोहित रानाकै भएको पुष्टि भएको छ।

बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ कालिखोला जलविरे स्थित त्रिशूली नदीको किनार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

उक्त शव नदीबाट बाहिर निकालेर हेर्दा रोहितकै भएको भनेर परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

रोहितका बुवा अशोक रानासहति परिवारका सदस्य पनि शव भेटिएको स्थलमा आएका थिए।

नदीबाट बाहिर निकालेपछि शव रोहितकै भएको पुष्टि भएको प्रहरी निरीक्षक केसीले बताए।

लमजुङको सुन्दबजार गाउँपालिका-३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित फागुन २ गते बागमती प्रदेश ०६-०२ प ९२०४  नम्बरको मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा बिहान ११:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-५ चट्टानेभीरमा दुर्घटनामा परेका थिए। 

सडकछेउको डिभाइडरमा मोटरसाइकल ठोकिँदा उनी उछिट्टिएर त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए। उनी सवार रोयल इन्फिल्ड बाइक भने सडकमै थियो।

भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी दुर्घटना हुनुभन्दा एक साताअघि मात्रै नेपाल आएका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका-३ चन्द्रेश्वर स्थायी ठेगाना भएका रानाको परिवार दुई दशकदेखि चितवनको भरतपुर महानगरपािलका-१ रामनगरमा बस्छन्। 

रानाको शव पोस्टमार्टमका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad