समाज


आज प्रतिनिधि सभामा प्रहरी विधेयक समितिमा पठाउन प्रस्ताव गरिने

आज प्रतिनिधि सभामा प्रहरी विधेयक समितिमा पठाउन प्रस्ताव गरिने

फाइल तस्बिर : गृहमन्त्री रमेश लेखक


नेपालखबर
फागुन ११, २०८१ आइतबार ११:२५, काठमाडौँ

संसद्अन्तर्गत दुवै सदनका बैठक आज बस्दै छ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। 

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७९/०८०, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो सवा १ बजे बस्नेछ। 

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६, विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची छ। 

यसैगरी विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad