बागमती


मकवानपुर दुर्घटना: घाइते १६ कै पहिचान खुल्यो, कसको अवस्था कस्तो?

मकवानपुर दुर्घटना: घाइते १६ कै पहिचान खुल्यो, कसको अवस्था कस्तो?

मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा बिहीबार बिहान पल्टिएको बस।


सुनिता विष्ट
बैशाख ४, २०८२ बिहिबार ९:४४, हेटौँडा

मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा बिहीबार बिहान बस दुर्घटना हुँदा घाइते भएका १६ यात्रुको परिचय खुलेको छ। 

आज बिहान ५ बजेतिर इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट १० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएका हुन्। 

ती यात्रु सबैको पहिचान खुलेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

नामावली:

-नवलपरासीको कावासोती नगरपालिका-४ की १६ वर्षीया इशा महतो (निधारमा चोट)

-सिराहाको धनगढीमाई नगरपालिका-६ निवासी ६८ वर्षीय राम चन्द्र महतो (हात र खुट्टामा चोट)

-विराटनगर महानगरपालिका-६, मोरङकी २४ वर्षीया पूजा राई (हात र टाउकोमा चोट)

-भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर (टाउकोमा चोट)

-भारत घर भई हाल भरतपुर महानगरपालिका-१ पुल्चोक बसोबास गर्ने २५ वर्षीय सौरभ मण्डलको (हात र खुट्टामा चोट) 

-हाल वतन नखुलेकी करिब ४५/४६ वर्षीया मीना चौधरी (टाउकोमा चोट)

उनीहरू चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत छन्। 

अन्य घाइते:

-सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ का २७ वर्षीय शम्भु कुमार चौधरी (ढाडमा चोट)

-सुनसरी धरान नगरपालिका-१७ का ३९ वर्षीय खडक विक (ढाडमा चोट)

-उदयपुरको बेला नगरपालिका–१ की ३० वर्षीया पूजा बस्नेत (ढाडमा चोट)

-सुनसरी बराह क्षेत्र नगरपालिका-२ का १५ वर्षीय सुदीप काफ्ले (दाहिने काँध र टाउकोमा चोट)

-ठेगाना नखुलेका ३० वर्षीय सुजन काफ्ले (टाउको र बायाँ खुट्टामा चोट)

-सोही स्थानका २ वर्षीय हमान थारु (निधारमा चोट)

-कावासोती नगरपालिका-४ की १४ वर्षीया उर्मिला महतो

-पश्चिमसुस्ता नगरपालिका निवासी २७ वर्षीया मनीषा पुलामी मगर

-सप्तरी खड्का नगरपालिका-१ का ३३ वर्षीय सरोज चौधरी

-सुनसरी बराहक्षेत्र नगरपालिका-३ का ३४ वर्षीय विसन धामी

घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad