बागमती


सँगै पौडी खेलेका साथी पोखरीमा डुबेपछि ८ जना पक्राउ

सँगै पौडी खेलेका साथी पोखरीमा डुबेपछि ८ जना पक्राउ

पक्राउको प्रतीकात्मक तस्बीर


नेपालखबर
जेठ ७, २०८२ बुधबार १०:२५, काठमाडौँ

पोखरीमा पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा उनी डुबेका हुन्।

साथीहरूसँग पौडी खेल्न गएका महतो डुबेको भेटिएपछि उनका आठ साथीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

भरतपुर महानगरपालिका-२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका-१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad