बागमती


कान्ति लोकपथ ४ दिनका लागि बन्द

कान्ति लोकपथ ४ दिनका लागि बन्द

फाइल तस्बिर


सुनिता विष्ट
जेठ १९, २०८२ सोमबार १७:५४, काठमाडौँ

हेटौँडा–काठमाण्डौँ आउजाउ गर्ने छोटो दुरीको कान्ति लोकपथ सडक  ४ दिनका लागि बन्द गरिएको छ। 

कान्तिलोकपथ अन्तर्गत पर्ने बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण कार्यका लागि ४ दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

२१ जेठ २०८२ देखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ। 

यस अवधिमा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा आउजाउ गर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। 

यात्रुहरूको असुविधा न्यूनीकरण तथा वैकल्पिक मार्ग प्रयोगमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, ललितपुर, र मकवानपुरका साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक समन्वय गर्न कान्तिलोकपथ राजमार्ग योजना, ललितपुरले आग्रह गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad