बागमती


बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो

बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र अर्थमन्त्री कुन्दनराज काफ्ले


सुनिता विष्ट
असार १, २०८२ आइतबार १६:१९, काठमाडौँ

बागमती प्रदेशमा रहेका दुई सत्तारुढ दलहरुबीच बजेटका बिषयमा विवाद सिर्जना भएपछि बजेट भाषणको समय सारिएको छ।

आइतबार (आज) दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा साँझ ६ः३० बजे सम्मका लागि स्थगित गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ। 

सचिवालयले सार्वजनिक गरेको सूचनामा विविध कारणबस बजेट भाषणको समय सारिएको जानकारी दिइएको हो।

बजेट कति ल्याउने? भन्ने विषयमै सरकारमा रहेका दुई दलबीच सहमती नजुट्दा समय सारिएको नेकपा एमालेका एक सांसदले बताए। 

उनका अनुसार एमालेले ६६ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने बताइरहँदा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्बको बजेट बनाएको ती सांसदको आरोप छ।

सरकारमा सहभागी दुई दलकै कुरा नमिल्दा बागमतीको बजेट भाषण अन्यौलमा परेको हो। यसअघि राजश्वदर कमजोर रहेको भन्दै आगमी आर्थिक वर्षको बजेटको आकार घटाउन पर्ने सरकारको निष्कर्ष थियो।

जसअनुसार जबम ५५ अर्ब रुपैँयामात्रैको सिलिङ तोकेकोमा ७२ अर्ब भन्दा बढीको बजेट बनाएको चर्चाका बीच एमालेले आपत्ति जनाएको हो। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले कांग्रेसका हुन्। कांग्रेस नेतृत्वकै सरकार रहेको बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री काफ्लेको सहमतीमा बजेटको आकार बढाएको आरोप एमालेले लगाएको छ। 

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ६५ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने सुझाव दिएको माओवादी बागमती संसदीय दलका सचेतक रत्न प्रसाद ढकाल बताउँछन्।

बजेटको आकार बढाउने विषयमा माओवादी केन्द्रले समेत आपत्ति जनाएको उनको भनाइ छ। वित्तिय अनुशासनमा रहनुपर्ने भन्दै माओवादी केन्द्रले राजश्व संकलन कमजोर रहेको अवस्थामा बजेट नबढाउन सुझाव दिइएको थियो।

विपक्षी दलले दिएको सुझाव अटेर गरेर बजेट ल्याए बजेटलाई समर्थन गरेर जान नसकिने सचेतक ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad