बागमती


हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

सुनिता विष्ट
असार ४, २०८२ बुधबार १८:१४, हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविलसहित आक्रमण भएको छ।

भूमिसम्बन्धि समस्या देखाउँदै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण गरेको बताइएको हो। कालो पोशाक लगाएर मोटरसाईकलमा आएका ४ जनाको समूहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेको हो। उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोविल छ्यापेका हुन्। 

सार्वजनिक जमिन संरक्षणका लागि काममा लाग्दा आफूमाथि आक्रमण भएको अध्यक्ष न्यौपाने बताए। हेटौंडा–१ स्वर्गलोक सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो। सोही बिषय लिएर वडाका आएका व्यक्तिहरुले आक्रमण गरेको बताइएको छ।

आक्रमणको क्रममा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ। घटनाका पछि आफूले प्रयोग गर्ने दुईवटै मोबाईल समेत लगेको न्यौपानेले बताए। घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन्। 

घटनाको विशेष ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गरिन्। घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल  कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरिन्।
 
वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको बिषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्ने भएको छ। बैठकपछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्ने नगरप्रमुख लामाले बतइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad