वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका २ की ३१ वर्षीय रमिला अधिकारी रहेकी छन्।
निरज कुमार थारुको जाहेरीले वैदेशिक रोजगार विभागको पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
अधिकारीलाई काठमाडौँ महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
423
Shares

प्रतिक्रिया