एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लिग अफ क्रिएटर्स’ अभियानअन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आयोजना गर्दै छ।
यो वर्कशपमा देशभरबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले विशेष प्रशिक्षण दिने एनसेलले जनाएको छ।
कन्टेन्ट क्रिएसनमा लागेका विशेष गरी युवापुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले सुरू गरेको यस अभियानको ग्रान्ड फिनाले असार २७ गते हुँदै छ। प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउने एनसेलले जनाएको छ।
उत्कृष्ट एक क्रिएटरले पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछ। अभियान सञ्चालनको तालिकाअनुसार ‘लिग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरुले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरसिप दिन तयारी गरिरहेका छन्।
सहभागी प्रतियोगीहरुलाई चर्चित क्रिएटरहरू तथा यो अभियानका मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन गर्नेछन् । मेन्टर वर्कशपका दौरान उनीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति र अधिकतम प्रभावका लागि उपयुक्त व्यवहारलगायतका बारेमा प्रशिक्षण दिनेछन् ।
पराक्रम राणा
फेसन, कथालेखन र सामाजिक अभियानमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका पराक्रम राणा भारत र नेपालको विभिन्न सांस्कृतिक पृष्ठभूमिमाझ हुर्किएका डिजिटल क्रिएटर हुन् । सन् २०२० मा काठमाडौं फर्किएपछि आफ्नो पहिचान, संस्कृति र परिवारसँगै नेपालको एलजीबीटीक्यू समुदायका सवाल उठाउँदै व्यक्तिगत र समसामयिक कथा सामाजिक सञ्जालमा प्रस्तुत गर्न थालेका हुन् ।
आफ्नै कन्टेन्टमार्फत टिकटक, इन्स्टाग्राम र युट्युबमा लोकप्रिय रहेका उनी कतिपय अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्नुका साथै प्रधानमन्त्रीसँग एलजीबीटीक्यू अधिकारबारे प्रश्न उठाइसकेका छन् ।
‘लीग अफ क्रिएटर्स’मा मेन्टरको रूपमा पराक्रमले ५० मध्ये १० क्रिएटरहरूलाई मेन्टर वर्कशपमा मार्गदर्शन प्रदान गर्नेछन् । ‘लीग अफ क्रिएटर्स’मा देखिने जोस र सिर्जनात्मकता नेपालको हरेक कुनामा पुर्याउने शक्तिशाली माध्यम भएको उनको भनाइ छ ।
प्रतिमा अधिकारी
प्रतिमा अधिकारी नेपालकी एक अग्रणी प्रविधि समिक्षक (टेक रिभ्युअर) हुन् । उनी यस ‘लीग अफ क्रिएटर्स’को पाँच मेन्टर्स मध्ये एक हुन् । ३०० भन्दा बढी स्मार्टफोन, मोनिटर र डिजिटल उपकरणको गहिरो समीक्षा लेखिसकेकी उनी ग्याजेटबाइट नेपालकी सीईओ समेत हुन् । नेपाली बजारका फ्ल्यागसीप फोनदेखि क्यामेरा र ल्यापटपसम्मका उत्पादन परीक्षण गरेर दर्शकलाई स्पष्ट र सूचनामूलक समीक्षा दिने भएका कारण प्रविधिप्रेमी माझ अधिकारी लोकप्रिय छिन् ।
प्रतिमाको समीक्षा प्रयोगकर्ता अनुभव र मुल्याङ्कन दुवैंमा केन्द्रित हुने गर्दछ । अधिकारीका अनुसार डिजिटल क्रिएसनमा सफल हुन केवल प्रविधिमा दक्षता होइन, दर्शकको आँखामा परिणत हुने, कथा बुन्ने कला पनि चाहिन्छ ।
एकता तण्डुकार
नेपालको सौन्दर्य र स्किनकेयर जगतमा प्रख्यात एकता तण्डुकारले इन्स्टाग्राम र टिकटकमार्फत होलिस्टिक सौन्दर्य शिक्षालाई लोकप्रिय बनाएकी छन् । जीना एलकेमीकी सह–संस्थापक एकता आफ्नो कन्टेन्टमा सौन्दर्य, कपाल र फिटनेसलाई एकीकृत गर्दै आएकी छन्। तण्डुकारका अनुसार ट्रेन्डहरूलाई आत्मसात गर्दै गर्दा आफ्नो ब्रान्डको मौलिकता कहिल्यै त्याग्नु हुँदैन ।
एनसेल ‘लीग अफ क्रिएटर्स’का मेन्टरका हैसियतले उनले पनि ५० मध्ये चयन भएका १० आवेदक तथा क्रिएटरहरुलाई विषेश मेन्टरसिप प्रदान गर्नेछिन् । सामाजिक सञ्जालका ट्रेन्ड र ब्रान्डिङका उपाय, प्रभावकारी भिजुअल र संवादात्मक सामग्री विकास मापदण्डहरूलगायतका कुराहरु उनले सिकाउने छिन् ।
मिस्टर फूडी नेपाल
मिस्टर फूडी नेपाल नेपालका चर्चित फूड कन्टेन्ट क्रियटर हुन् । स्ट्रिट फूड र स्थानीय रेस्टुरेन्टहरूको खोज्दै त्यसको स्वाद र अनुभव कथात्मक शैलीमा पस्कदै कन्टेन्टलाई रोचक बनाउँदै आएका छन् । नेपाली परिकार र नयाँ खाने ठाउँहरूलाई उजागर गर्दै आएका मिस्टर फूडीको कामले साना व्यवसायहरूलाई ठूलो मद्दत पुगेको छ ।
सामग्री सिर्जनाको वास्तविक इन्धन जोश हुनपर्ने उनको मान्यता छ । एनसेलको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा पनि उनले मेन्टरको रूपमा दृश्य र शब्दको समन्वय, आकर्षक प्रिजेन्टेसन र सन्देश स्पष्ट रुपमा दिने तरिकालगायतका बारेमा प्रशिक्षण दिने छन् ।
सन्जोग कोइराला
आईडियाप्रेनर नेपालका संस्थापक सन्जोग कोइरालाले वित्तीय शिक्षा, लगानी, बजेटिङ् र वित्तीय योजना जस्ता जटिल विषयहरूलाई सरल, व्यावहारिक र सबैका लागि पहुँचयोग्य बनाउने अभियानमा काम गर्दै आएका छन् ।
उनका भिडियो, कोर्ष र प्रत्यक्ष शत्रहरूले लाखौं युवा वर्गलाई आत्मविश्वासका साथ आर्थिक निर्णय लिन प्रेरित गरेको छ । वित्तीय साक्षरता र व्यक्तिगत स्वतन्त्रता राष्ट्रिय प्रगतिका लागि आधारभूत अधिकार भएको उनको भनाइ छ । अन्य मेन्टर्सले जस्तै उनले पनि ५० जना मध्ये १० जना लिग अफ क्रिएटर्सका छानिएका क्रिएटरहरुलाई सामग्री निर्माण र यससँग सम्बन्धित सीपलगायतका बारेमा प्रशिक्षण दिनेछन्।
Shares

प्रतिक्रिया