बागमती


हेटौँडाको फरेस्ट्री क्याम्पसका विद्यार्थीले दल त्यागेको घोषणा गर्दै फाले संगठनका साइनबोर्ड

हेटौँडाको फरेस्ट्री क्याम्पसका विद्यार्थीले दल त्यागेको घोषणा गर्दै फाले संगठनका साइनबोर्ड

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ८:२१, हेटौँडा

सोमबार जेनजी आन्दोलनमा सरकारले दमन गरी १९ युवाको हत्या गरेपछि हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) का विद्यार्थीहरूले राजनीतिक संगठन परित्याग गरेको घोषणा गर्दै आफ्ना संगठनका साइनबोर्ड निकालेर फालेका छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको उक्त क्याम्पसका विद्यार्थीले  सोमबार राति कलेजमा टाँगिएका राजनीतिक दलसँग सम्बन्धित विद्यार्थी संगठनका ब्यानर र साइनबोर्ड निकालेका हुन्। 

अब कुनै पनि राजनीतिक दलका विद्यार्थी संगठनमा नरहने घोषणा उनीहरूले गरेका छन्। 

सोमबार सरकारले जेनजी आन्दोलनमा गोली हानेर युवाहरू मारेपछि उनीहरूले राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै संगठन त्यागेका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad