समाज


विद्यार्थी मार्न पाइँदैन भन्दै बानेश्वरमा युवाले थाले बिहानैदेखि प्रदर्शन

विद्यार्थी मार्न पाइँदैन भन्दै बानेश्वरमा युवाले थाले बिहानैदेखि प्रदर्शन

मंगलबार बिहान बानेश्वरमा विरोध प्रदर्शन गर्दै युवा। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
भदौ २४, २०८२ मंगलबार ८:३३, काठमाडौँ

काठमाडौँको बानेश्वरमा विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै आज (मंगलबार) बिहानैदेखि युवाले प्रदर्शन थालेका छन्। 

सोमबार बानेश्वरमै भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १७ युवा मारिएका थिए।

त्यसको विरोधमा युवाहरूले आज बिहानैदेखि त्यही ठाउँमा प्रदर्शन थालेका हुन्। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले लगाएको अनिश्चितकालीन कर्फ्युका बीच युवा सडकमा उत्रिएका हुन्। 

सोमबार मारिएकामा स्कुल-कलेज ड्रेसका विद्यार्थी पनि छन्। 

घटनाको विरोधमा ललितपुरको चापागाउँ-ठेचो सडक खण्डमा पनि प्रदर्शन सुरु भएको छ।

सो सडकमा अहिले यातायात चल्न दिइएको छैन। प्रहरीले त्यस स्थानमा नजान नागरिकमा अपिल गरेको छ।

सोमबारको प्रदर्शनमा काठमाडौँ उपत्यकामा १७ र बाहिर २ गरी १९ जना मारिएको पुष्टि भएको प्रहरीले जनाएको छ। तर यसको नामावली प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad