बागमती


‘मनोहरा र खोकनामा बागमतीको बाढीले खतरा तह पार गर्‍यो, उच्च सतर्कता अपनाउनू’

‘मनोहरा र खोकनामा बागमतीको बाढीले खतरा तह पार गर्‍यो, उच्च सतर्कता अपनाउनू’

नेपालखबर
असोज १८, २०८२ शनिबार १८:३०, काठमाडौँ

काठमाडौँ र ललितपुर जिल्लास्थित बागमती नदीको मनोहरा र खोकना जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ।

साथै बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

मौसम विभागले शनिबार साँझ जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ र ललितपुर जिल्लास्थित बागमती नदीको मनोहरा र खोकना जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad