बागमती


यस्तो स्मार्ट बन्यो ललितपुर महानगरको नयाँ प्रशासनिक भवन (भिडिओ टूर)


आयुषा ढकाल
पुस ७ , काठमाडौँ

जात्रा, पर्व, बिहार र बहीको सहर ललितपुर कला, संस्कृतिमा सम्पन्न छ। यही ललितपुर महानगरपालिकाले आफ्नो नयाँ कार्यालय भवन तयार पारेको छ। पुल्चोकस्थित पुरानो कार्यालयकै आडमा निर्मित यो चार तले भवन केवल एउटा सरकारी संरचना मात्र होइन, ललितपुरको आधुनिकताको नयाँ मानक समेत हो।

भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री यो भवनको जमिन मुनि दुई तला छन्। त्यो पार्किङका लागि हो। भवन निर्माणपछि अब ललितपुर महानगरपालिकाका सम्पूर्ण प्रशासकीय काम महानगर भवनबाटै सम्भव हुनेछन्।

निर्माण महाशाखा प्रमुख प्रदीप पौडेल भन्छन्- भवनमा सेन्ट्रल नेटवर्किङ सिस्टम राखिएको छ।

भवन परिसरमा ३ वटा ट्याङ्कर सधैँ तैनाथ रहनेछन्। एक ट्याङ्कर पानी आपतकालीन अवस्थाका लागि सधैँ रिजर्भ हुनेछ। आगलागी भइहाले फायर अलार्म बज्ने सिस्टम जडान गर्ने प्रणाली बनाइएको छ।

हरेक फ्लोरमा आगलागीको समयमा स्वीच थिच्ने बित्तिकै पानी पम्प खुल्नेछ। आगलागी भैसकेपछि फायर अलार्म बज्छ। भवनमा फाइट फायरिङ सिस्टम छ।

महानगरको भुँई तलामा राजश्व र प्रशासकीय काम हुनेछ। पहिलो तला भने पूर्ण रुपमा प्रशासकीय शाखा हो। यो तलामा सबैभन्दा धेरै सेवाग्राही आउने छन्।

सेवाग्राहीलाई प्रतिक्षा गर्न नपरोस् भनेर महानगरले एकद्वार प्रणाली लागू गरेको करिब दुई वर्ष हुन लाग्यो तर महानगरका शाखाहरू विभिन्न ठाउँमा छरिएर रहँदा सेवाग्राहीले झन्झट खेप्तै आएका छन्। नयाँ भवनले यी समस्या समाधान गर्ने अपेक्षा छ। परम्परागत इँटा र काठको पहिचानसँगै आधुनिक 'स्मार्ट सिटी'को आभास दिने यो भवनबाट ललितपुरले कस्तो सेवा प्रवाह गर्नेछ, त्यो भने हेर्न केही समय कुर्नै पर्छ।

पुस ७, २०८२ सोमबार १०:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad