बागमती


मकवानपुरमा सडकबाट लडेको अवस्थामा मृत भेटिइन् महिला, थिइन् छारेरोगी

मकवानपुरमा सडकबाट लडेको अवस्थामा मृत भेटिइन् महिला, थिइन् छारेरोगी

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ९:२१, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५, भागेमा सडकबाट लडेर महिलाको मृत्यु भएको छ।

घटना बुधबारको हो। भित्री सडक खण्डमा स्थानीय २३ वर्षीया सुशीला घिसिङ मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे इन्द्रसरोवर गाउँपालिका-५ का वडा अध्यक्ष दूतराज तितुङले प्रहरी चौकी (फाखेल) लाई टेलिफोनमार्फत जानकारी गराएका थिए।

यसपछि प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

उनका अनुसार आफ्नो बच्चालाई नजिकै रहेको मनकामना बाल विकास केन्द्रमा छाडेर घर फर्किने क्रममा सुशीला सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा मृत फेला परेकी हुन्।

स्थानीय तथा मृतकका श्रीमान्‌सँग बुझ्दा उनी छारे रोगबाट पीडित रहेको खुलेको प्रहरीले जनाएको छ।

सुशीलाको शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad