बागमती


सिन्धुली-२ मा नेकपाको कारबाही शृंखला: हरिबोल गजुरेलपछि जिल्ला इन्चार्ज र संयोजकलाई कारबाही

सिन्धुली-२ मा नेकपाको कारबाही शृंखला: हरिबोल गजुरेलपछि जिल्ला इन्चार्ज र संयोजकलाई कारबाही

नेपालखबर
फागुन ६, २०८२ बुधबार ९:३८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सिन्धुली जिल्लाका इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जनलाई कारबाही गरेको छ।

पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै नेकपाको प्रदेश कमिटीले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सघाएको आरोप उनीहरूलाई लागेको हो। 

आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरेपछि उनीहरूलाई कारबाही गरिएको नेकपा बागमती प्रदेश कमिटीले जनाएको छ। 

नेकपा बागमती प्रदेश कमिटीका संयोजक सरल सहयात्री पौडेलले पटकपटक औपचारिक तथा अनौपचारिक रूपमा पार्टीले दिएको निर्देशनलाई बेवास्ता गर्दै अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको बताएका छन्।

नेकपाबाट टिकट नपाएपछि सिन्धुली-२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी बागी उम्मेदवार दाहालका पक्षमा मत माग्दै हिँडेपछि पार्टीले अनुशासनको कारबाही गरेको नेकपा प्रदेश कमिटीले जनाएको छ।

यसअघि त्यही प्रकरणमा नेकपाले बागमी उम्मेदवार दाहालसहित नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad