बागमती


रेनु दाहाललाई साढे ३८ हजार मतले उछिन्दै सोबिता गौतम विजयी

रेनु दाहाललाई साढे ३८ हजार मतले उछिन्दै सोबिता गौतम विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार १४:४९, काठमाडौँ

चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतम विजयी भएकी छन्।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले भन्दा ३८ हजार ६२२ बढी मत ल्याएर सांसद पदमा निर्वाचित भएकी हुन्। 

विजयी सोबिताले ५९ हजार २७७ मत प्राप्त गर्दा पराजित रेनु २० हजार ६१५ मतमा सीमित भएकी छन्। 

यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शखंर थपलियाले ५ हजार ४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत ल्याए। 

यस्तै राप्रपाका दीपकबहादुर थापाले १ हजार २२६ मत प्राप्त गरेका छन्।

अहिले चितवन २ बाट विजयी गौतम २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाडौँ-२ बाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad