बागमती


काभ्रे २ मा रास्वपाका भण्डारी विजयी, एमाले उम्मेदवार तेस्रो स्थानमा

काभ्रे २ मा रास्वपाका भण्डारी विजयी, एमाले उम्मेदवार तेस्रो स्थानमा

नेपालखबर
फागुन २३, २०८२ शनिबार १५:२, काठमाडौँ

काभ्रे २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदनकुमार भण्डारी विजयी भएका छन्।

उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका छन्।

रास्वपाका भण्डारी ३५ हजार ४७६ मतान्तर सहित विजयी हुन्।

यस्तै नेकपा एमालेका उम्मेदवार अशोक कुमार व्याञ्जु श्रेष्ठले १३ हजार ९४० मत प्राप्त गर्दा नेकपाका वसुन्धरा हुमागाइँले ८ हजार १०८ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजुले ३ हजार ७४९ मत प्राप्त गर्दा राप्रपाका रंजिव श्रेष्ठले १ हजार १२५ मत प्राप्त गरेका छन्।

काभ्रे २ मा एमालेले यसपटक एकल सिफारिस हुँदा पनि गोकुल बास्कोटालाई रोक्दै व्याञ्जुलाई उम्मेदवार बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad