बागमती


युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा पर्‍यो काठमाडौं

युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा पर्‍यो काठमाडौं

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार २०:३७, काठमाडौँ

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘क्रियटिभ सिटीज नेटवर्क’ अन्तर्गत ‘फिल्मको रचनात्मक सहर’ को रुपमा सूचीकृत गरेको छ। काठमाडौंसहित विश्वका ५५ सहरलाई ‘विश्व सहर दिवस’को अवसर पारेर सो नेटवर्कमा समावेश गरिएको हो। 

युनेस्कोका अनुसार विभिन्न ७ वटा रचनात्मक क्षेत्र (शिल्प, लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया, कला र संगीत) अन्तर्गत रहेर ५५ वटा सहर सूचीकृत भएका हुन्। 

युनेस्कोका महानिर्देशक अड्रे अजौलेका अनुसार संस्कृति र सिर्जनालाई विकास रणनीतिका रुपमा आत्मसात गर्ने प्रतिवद्धतासहित ५५ नयाँ सहरलाई सूचीकृत गरिएको हो। 

सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने समेत युनेस्कोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .