अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेर मृत्यु भएका आयतोल्लाह अलि खामेइनी विगत ३७ वर्षदेखि सर्वोच्च नेताको रुपमा निरन्तर इरानी सत्ताको केन्द्रीय नेतृत्व गरिरहेका थिए । यसअघि सन् १९८१ देखि १९८९ सम्म करिब १० वर्ष उनी इरानको राष्ट्रपतिसमेत भएका थिए अर्थात उनी विगत ४७ वर्षदेखि निरन्तर इरानको राजनीतिकमा केन्द्रीय भूमिकामा थिए ।
राजनीतिक संरचना अनुसार सर्वोच्च नेता अन्य देशका राष्ट्रपति वा प्रधानमन्त्री जस्तै देशको प्रत्यक्ष शासन चलाउने प्रमुख कार्यकारी पद हो । इरानमा एकै व्यक्तिले यसरी निरन्तर ४७ वर्षसम्म राज्य चलाउन कसरी सम्भव भयोरु जव कि कतिपय राजतन्त्र रहेको देशमा यति लामो शासन नगरी राजाले आफ्नो पद छाडेर उत्तराधिकारीलाई शासनको बागडोर सम्हालेको इतिहास छ । के उनी जनताबाट अनुमोदित थिए? कि सैन्य शक्तिको बलमा निरन्तर सत्तामा रहिरहेका थिएर? उनी कसरी यो स्थानसम्म पुगेर? उनको अवशासनसँगै यो विषयमा सबैको चासो बढेको छ ।
परिवार र बाल्यकाल
सन् १९५७ मा परिवारसहित इराकको नजफस्थित धार्मिक केन्द्रमा छोटो बसाइ सराई गरे । यस क्रममा उनले आयतोल्लाह सैय्यद मोहसेन हाकिम, सैय्यद अबोलकासेम खुई, सैय्यद महमूद शाहरूदी लगायतका प्रख्यात विद्वानका कक्षामा सहभागिता जनाए। एक वर्षभन्दा कम समयपछि उनका पिता मशहद फर्किए र सन् १९५८ मा उनी कुमस्थित धार्मिक शिक्षाकेन्द्रमा उच्च अध्ययनका लागि पुगे। साथै, ऐतिहासिक गोहरशाद मस्जिदमा पनि उनी नमाजका अगुवामध्ये एक थिए।
खामेनी एक निम्न मध्यम वर्गको परिवामार जन्मिएका थिए । उनी बाबु आमाका आठ सन्तान मध्ये दोस्रो सन्तान थिए । उनका दुई जना भाइहरु पत्रकार छन् भने दुई जना भाइहरु धर्म गुरुका रुपमा काम गर्छन् । एक बहिनीको सन् १९१५ मा निधन भइसकेको छ । उनको बुबा एक शिया धर्म गुरु थिए । जो इश्लामिक धार्मिक सँस्कारहरु पढाउँथे । उनकी आमा खदीजे मिर्दामादी इतिहास र साहित्यप्रेमी थिइन्। उनले पहलवी शासनविरुद्ध आफ्ना सन्तानसँगै संघर्ष गरिन्। एक प्रसंगमा आयतोल्लाह खामेनीले आफ्नो आमा प्रसिद्ध कवि हाफिजप्रति विशेष रुचि राख्थिन् भन्ने उल्लेख गरेका छन् ।
आयतोल्लाह अली खामेनीको जीवनयात्रा धार्मिक अध्ययन, बौद्धिक साधना तथा राजनीतिक संघर्षसँग गहिरो रूपमा जोडिएको देखिन्छ। आयतोल्लाह रुहोल्लाह खामेनीले शोकसन्देशमा उनलाई समर्पित र विश्वसनीय विद्वानका रूपमा वर्णन गरेका थिए।
तेहरानबाट करिब १४० किलो मिटर टाढा रहेको कुम देशको सातौँ ठूलो शहर हो । यहीँदेखि उनको राजनीतिक यात्रा शुरु भएको हो । यहाँ अध्ययन गर्दा उनी आयतोल्लाह रुहोल्लाह खोमनीका कक्षामा सहभागी भए। रुहोल्लाह खामेइनी पछि इरानका राजतन्त्र समाप्त गर्ने आन्दोलनका प्रमुख नेता बने । उनी गणतान्त्रिक इरानको सँस्थापक तथा इरानको पहिलो सर्वोच्च नेता पनि बने ।
उनको राजनीतिक जीवन सैय्यद मोजतबा नवाब सफवीसँगको भेटपछि सुरु भएको मानिन्छ, जसले उनलाई क्रान्तिकारी विचारतर्फ प्रेरित गर्यो। सन् १९५७ मा उनले इमाम खोमेनीसँग भेट गरे र पछि खोमेनीको राजनीतिक नेतृत्वबाट प्रभावित भए। सन् १९६३ मा पहलवी शासनविरुद्ध जनतालाई सचेत गराउने अभियानका क्रममा उनी पक्राउ परे। जेलमुक्त भएपछि पनि उनले राजनीतिक गतिविधि जारी राखे।
विभिन्न अवसरमा उनले शासनविरुद्ध पत्राचार र विरोध प्रदर्शनमा सहभागिता जनाए। सन् १९७१ मा २५०० वर्षे राजतन्त्र उत्सवको विरोध गर्दा उनी तीनपटक जेल परे।
सन् १९७४ मा तेहरानको जाविद मस्जिदमा दिएको भाषणपछि उनलाई पुनः पक्राउ गरियो। सन् १९७५ मा रिहा भए पनि उनी कडा निगरानीमा राखिए। सन् १९७७ मा सैय्यद मुस्तफा खोमेनीको निधनपछि आयोजित श्रद्धाञ्जलि कार्यक्रमका कारण उनी पुनः निर्वासनमा परे। सन् १९७८–१९७९ को इरानी क्रान्तिमा खामेनी एक प्रमुख व्यक्तित्वका रूपमा उभिए।
सन् १९७८ मा आशुराको अवसरमा उनले मशहदमा पहलवी शासनविरुद्ध जोशिलो भाषण दिए। इस्लामिक क्रान्तिको विजयसँगै इमाम खोमेनीको आदेशमा गठित इस्लामिक क्रान्ति परिषद्मा उनी सदस्य बने। सन् १९७९ फेब्रुअरी १८ मा इस्लामिक गणतन्त्र पार्टी गठनमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो।
सन् १९८० मा उनी तेहरानका शुक्रबार नमाजका इमाम नियुक्त भए। त्यसै वर्ष सम्पन्न संसदीय निर्वाचनमा तेहरानबाट सांसद निर्वाचित भई उनले रक्षा समितिमा काम गरे। सन् १९८० मा सद्दाम हुसेनको नेतृत्वमा इराकले इरानमाथि आक्रमण गर्दा उनले रेडियोमार्फत पहिलो औपचारिक घोषणा गरेका थिए। आठ वर्षे युद्धकालमा उनले विभिन्न कूटनीतिक वार्तामा सक्रिय भूमिका निर्वाह गरे।
२७ जुन १९८१ मा तेहरानको अबुजर मस्जिदमा भएको बम आक्रमणबाट उनी गम्भीर घाइते भए तापनि जोगिए। त्यसै वर्ष अक्टोबर २ मा ९५ प्रतिशतभन्दा बढी मतसहित उनी इरानका तेस्रो राष्ट्रपति निर्वाचित भए। राष्ट्रपतिको कार्यकालमा उनले सिरिया, अल्जेरिया, जिम्बाब्वे, युगोस्लाभिया, रोमानिया र चीनजस्ता देशहरूको भ्रमण गरे।
सन् १९८८ मा संसद् र गार्जियन काउन्सिलबीचको मतभेद समाधानका लागि गठित ‘एक्स्पिडिएन्सी काउन्सिल’का प्रथम अध्यक्ष बने। सन् १९८९ जुन ४ मा इमाम खोमेनीको निधनपछि विशेषज्ञहरूको सभाले उनलाई इरानको सर्वोच्च नेताको रूपमा चयन गर्यो।
क्रान्तिपछिको अस्थिर अवस्थामा सन् १९८१ मा उनको हत्या प्रयासको भएको थियो । जसका कारण उनको दाहिने हात स्थायी रूपमा पक्षाघातग्रस्त भयो। त्यसै साल उनी राष्ट्रपतिमा निर्वाचित भए ।
उनी राष्ट्रपति हुँदा इरान–इराक युद्ध जारी थियो, जसका क्रममा उनले इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)सँग निकट सम्बन्ध विकास गरे। सन् १९८९ मा रुहोल्लाह खोमेनीको निधनपछि विशेषज्ञहरूको सभाले उनलाई इरानको सर्वोच्च नेताको रूपमा चयन गर्यो। त्यसबेला उनीभन्दा उच्च तहका थुप्रै नेताहरु भए पनि राज्य सञ्चार माध्यम, संरक्षण सञ्जाल तथा सुरक्षा संयन्त्रको सहयोगमार्फत उनी सर्वोच्च नेतृत्वको पदमा स्थापित भएका थिए।
अध्ययन र लेखन
आयतोल्लाह खामेनेई साहित्य र कविताप्रति विशेष रुचि राख्थे। उनी उपन्यास र कथाप्रेमी पनि थिए। विश्वप्रसिद्ध साहित्य कृतिहरू अध्ययन गर्नुका साथै उनी साहित्यिक समालोचकका रूपमा पनि परिचित थिए। मशहदमा आयोजित साहित्यिक गोष्ठीहरूमा उनी नियमित सहभागी हुन्थे। पछिल्ला वर्षहरूमा उनले कविता लेखनसमेत गरे र आधुनिक इतिहासबारे पनि गहिरो अध्ययन गरेको विविभन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उनले धर्मशास्त्र अध्ययनकै क्रममा अनुसन्धान तथा लेखन सुरु गरेका थिए। इस्लामिक क्रान्तिपूर्व उनले 'कुरआनमा इस्लामी चिन्तनका आधारभूत रूपरेखा', 'धैर्य', तथा 'कुम धार्मिक शिक्षाकेन्द्रको इतिहास र वर्तमान अवस्था' जस्ता कृतिहरू लेखे। साथै, 'इमाम हसनको शान्ति' र 'भारतको स्वतन्त्रता आन्दोलनमा मुस्लिमहरू' जस्ता पुस्तकहरू फारसी भाषामा अनुवाद गरेका छन् ।
Shares

प्रतिक्रिया