कर्पोरेट


किङ्स कलेजले दुई दिने नेपाल आन्टरप्रेनरसिप फोरमको आयोजना गर्ने

किङ्स कलेजले दुई दिने नेपाल आन्टरप्रेनरसिप फोरमको आयोजना गर्ने

नेपालखबर
साउन १, २०८२ बिहिबार १८:३२, काठमाडौँ

किङ्स कलेजले यही साउन ११ र १२ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ।

‘टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम’ भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुनेछन्।

दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउने लक्ष्य लिएको छ । भने सम्मेलनले शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद एवं छलफललाई प्रबद्र्धन गर्न सहकार्यको अवसर प्रदान गर्ने जनाइएको छ ।

“उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरुले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न, महत्वपूर्ण सञ्जालहरूको निर्माण गर्न, आर्थिक बृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रबद्र्धन गर्न, र विकासशील राष्ट्रका युवाहरुलाई उनीहरुले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्‍याउँछ,” कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले भने। 

किङ्स कलेजका अनुसार, सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्ने गरी विचार–विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रबर्तन प्रदर्शन, तथा सञ्जाल निर्माण जस्ता विधाहरू समावेश गरिनेछन् ।

यस कार्यक्रममा २०० भन्दा बढी सहभागीहरू हुनेछन्, जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थीहरू सम्मिलित हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad