एभरेस्ट कफी बिन्सको छैटौँ आउटलेट काठमाडौँको दरबारमार्गमा सञ्चालनमा आएको छ।
शुक्रबार दरबारमार्गमा सुरुवात गरिएको छैटौँ आउटलेटमा विशेष छुटको व्यवस्था गरिएको थियो। अब एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको एभरेस्ट कफी बिन्सले जनाएको छ।
युवा व्यवसायी तथा एभरेस्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले २०८० चैत १९ मा काठमाडौँको मैतीदेवीमा एभरेस्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए। करिब तीन वर्षकै अवधिमा छैटौँ आउटलेट सञ्चालनमा आएको हो।
कफी पारखीको चाहनाअनुसार, दरबारमार्गमा आउटलेट सञ्चालन गरिएको अध्यक्ष सुनारले बताए। ‘हाम्रो कफीलाई ग्राहकले एकदमै मन पराउनु भएको छ। त्यसले गर्दा छोटो अवधिमा ६ वटा आउटलेट सञ्चालन गर्न सफल भयौँ,’ उनले भने।
33
Shares

प्रतिक्रिया