ad ad

अपराध


मृत्यु भएको साढे २ महिनापछि अन्त्येष्टि

मृत्यु भएको साढे २ महिनापछि अन्त्येष्टि

अमृता खत्री


सुदीप भण्डारी
असार १०, २०७९ शुक्रबार १०:९, बुटवल

साढे २ महिनाअघि शंकास्पद अवस्थामा मृत्यु भएकी रुपन्देही तिलोत्तमाकी अमृता खत्री टन्डनको अन्त्येष्टि आज गरिँदै छ। तिलोत्तमा नगरपालिका २ जानकीनगरकी टन्डनको गत चैत ३० गते राति मृत्यु भएको थियो। 

माइती पक्षले अमृताको मृत्यु शंकास्पद अवस्थामा भएको भन्दै उनका श्रीमान् प्रेम टन्डन, ससुरा टहलसिंह टन्डन र सासू दीपा टन्डनविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिई सडक आन्दोलनमा उत्रिएको थियो। घटनाको सत्यतथ्य सार्वजनिक गरिनुपर्ने अडान लिँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेको थियो। जसका कारण शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो। 

अहिले घर पक्षसँग सहमति भएपछि शव अन्त्येष्टि गर्न लागिएको मृतकका दाजु पुष्पक खड्काले बताए। 

सहमतिअनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादीक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने भएको छ। 

इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले परिवारले आज शव बुझेको बताए। 

माइती पक्षको उजुरीअनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टन्डनलाई पुर्पक्षका लागि थुनामा पठाए पनि सासू र ससुरालाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .