कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागेको चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, आइतबार कार्गो भवनमा कुकुरको खाना भनेर ३५ पोका पठाउन लागिएको थियो। पिक एभिएसन प्रालिका एजेन्ड अभिनव राईमार्फत अस्ट्रेलियास्थित सौरभ भण्डारीका नाममा कोर्गो पोका पठाइँदै थियो।
कुकुरको खाना उल्लेख गरिएको भए पनि भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले ‘एक्स-रे स्क्रिनिङ’ गर्दा चुरोट भेटिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिए।
कोर्गो गरेका ३५ मध्ये ३२ पोकामा नेपाली र भारतीय चुरोट भेटिएको डीएसपी नेउपानेले बताए। बरादम गरिएको चुरोटमा भारतमा निर्मित क्लासिकल, डबल बुस्ट ३४ बण्डल, गोल्ड फ्लेक तीन बण्डल र शिखर आइस रस ३१ बण्डल रहेको छ। क्लासिकको एक लाख ६३ हजार दुई सय, गोल्ड फ्लेक १० हजार पाँच सय र शिखर आइस दुई लाख ५७ हजार चार सय रुपैयाँ बराबरको रहेको जनाइएको छ।
यसमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सबै पोका विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको डीएसपी नेउपानेले बताए।
Shares

प्रतिक्रिया