अपराध


पाठ्यपुस्तक अभाव : जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयमै मोसो

विप्लवनिकट विद्यार्थीहरुले घटनाको जिम्मेवारी लिए
पाठ्यपुस्तक अभाव : जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयमै मोसो

नेपालखबर
असार १७, २०७९ शुक्रबार १६:४८, काठमाडौँ

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा देशभरका सरकारी विद्यालयमा पाठ्यपुस्तक अभाव छ। 

युक्रेन-रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताइरहेका बेला जनकशिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकमाथि दुर्व्यवहार भएको छ। 

पाठ्यपुस्तकको कृत्रिम अभाव गराइ विद्यार्थीको भविष्यमाथि खेलवाड, भ्रष्टचार र कमिसन लेनदेन आरोपमा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीले जनक शिक्षाकाप्रबन्ध निर्देशक अनिल कुमार झालाई मोसो दलेका हुन्। 

अखिल (क्रान्तिकारी) केही नेताहरुसहितको टोलीले झालाई शुक्रबार भक्तपुरस्थित कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यहार गरेका हुन्।

झामाथि क्रान्तिकारीले जनक शिक्षा सामाग्रीमा करोडौं रकम भ्रष्टाचार गरेर ससुराली भारतमा अकुत सम्पत्ति थुपारेको आरोप लगाएको छ।

'हाम्रो संगठनले झालाई पटक पटक छिटोभन्दा छिटो पाठ्यपुस्तक प्रकाशन गर्न आग्रह गर्दै आएको थियो', अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल केसीले भने, 'सरकारको निर्देशनलाई पनि बेवास्ता गर्दै आएकाले कारवाही गर्न बाध्य भएका हौँ।'

क्रान्तिकारीले उनीमाथि शिक्षा मन्त्री र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनलाई समेत बेवास्ता गरेको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad