ad ad

अपराध


ट्रकमा लुकाई लैजाँदै गरिएको १५० किलो गाँजासहित २ जना पक्राउ

ट्रकमा लुकाई लैजाँदै गरिएको १५० किलो गाँजासहित २ जना पक्राउ

शैलेन्द्र महतो
साउन ७, २०७९ शनिबार ६:४८, जनकपुरधाम

सशस्त्र प्रहरीले बाराबाट १५० किलो प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिका ५ तेलगाई बाटो हुँदै सीमातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

१५ किलोका दरले १० वटा प्लास्टिकका पोकामा प्याक गरिएको १५० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई गाँजासहित कारबाहीका लागि नेपाल प्रहरीकहाँ बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .