अपराध


भाउजुसँग मिलेर श्रीमतीको हत्या

भाउजुसँग मिलेर श्रीमतीको हत्या

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १७:५९, काठमाडौँ

बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका ३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। 

प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी भाउजु २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको छ।

हत्यामा उनीहरुको संलग्नता रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए। बिहीबार बिहान सहनाज खातुनको मृत्यु भएको प्रहरीले सूचना पाएको थियो। 

घटना शंकास्पद देखिएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो। मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएको थियो। प्रहरीले घटनाको अनुसन्धानका लागि सहनाजका श्रीमान सैमोदिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेको एसपी बोगटीले बताए। हत्यामा उनकी भाउजु अप्सनाको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालतबाट ७ दिन म्याद लिएर उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad