ad ad

अपराध


कल सेन्टरका नाममा ठगी गर्ने ५ चिनियाँ र २ भारतीय कारागार चलान

कल सेन्टरका नाममा ठगी गर्ने ५ चिनियाँ र २ भारतीय कारागार चलान

नेपालखबर
असोज ९, २०७९ आइतबार २१:२९, काठमाडौँ

कल सेन्टर सञ्चालन गरेर अवैध रुपमा ठगी गरेको आरोपमा पक्राउ परेका ५ चिनियाँ र २ भारतीय नागरिक कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार आइतबार उनीहरुलाई केन्द्रीय कारागार जगनाथ देवल चलान गरिएको छ।

काठमाडौंको तीन कुनेमा स्काइ वल्र्ड सर्भिस सेन्टरमा अवैध रुपमा कामदारहरु राखि कल सेन्टर सञ्चालन गरेर उनीहरुले भारतीयलाई ठगी गरेको अभियोग छ। 

उनीहरुले भारतीय नागरिकलाई चर्को ब्याचमा ऋण लगानी गर्ने र धाकधम्की दिँदै अशुल्ने गरेको पाइएको थियो। भारतीय ऋणिलाई धम्क्याउन नेपाली युवायुवतीलाई कल सेन्टरमा भर्ती गरिएको थियो। प्रहरीले यसअघि काठमाडौंका विभिन्न स्थानमा रहेका कल सेन्टरमा छापा मारेर उपकरणसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

यस्ता कल सेन्टर सञ्चालन गर्न कम्पनी नेपालीकै नाममा दर्ता गर्ने र नेपालीलाई जागिर दिएर भारतीयलाई ठगी गर्ने गरेको खुलेको थियो। कारागार चलान हुने भारतीय नागरिकहरु २६ वर्षीय मनोज शैनी र १९ वर्षीय नेहा गुप्ता रहेका छन्। 

यस्तै चिनियाँ नागरिकहरुमा ४७ वर्षीय सु सिजी, ४३ वर्षीय हु युहु, २८ वर्षीय चेन मिङजिउ, १९ वर्षीय छु यीक्युङ, १९ वर्षीय हुङ चिचेङ कारागार चलान भएका छन्। 

उनीहरुको साथबाट प्रहरीले ८ लाख २९ हजार रुपैयउाँ बरामद गरेको थियो। यस्तै ३६२ थान ल्यापट, ७४८ वटा डेस्कटप कम्प्युटर र डिभिआर एउटा बरामद गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .