मोरङमा बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको लेटाङ नगरपालिका–२, बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेललाई बाल यौन दुरुपयोग अभियोगमा प्रहरीले मंगलबार साँझ गरेको हो।
उनले ७ वर्षीया बालिकासँग बाल यौन दुरुपयोग गरेको अभियोग छ।
मादक पदार्थ पिएर विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीको भनाइ छ।
खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
असोज १२, २०७९, बुधबार
117
Shares
प्रतिक्रिया