ad ad

अपराध


भक्तपुरमा बलात्कारको झुटो जाहेरी दिएको आरोपमा महिला पक्राउ

भक्तपुरमा बलात्कारको झुटो जाहेरी दिएको आरोपमा महिला पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार २०:१२, काठमाडौँ

भक्तपुरमा आफूलाई बलात्कार गरिएको भन्दै झुटो जाहेरी दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौंको जडीबुटीमा डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरीले पक्रेको हो।  

ती महिलाले आफूलाई भक्तपुरकै लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबर्जस्ती करणी गरेको भनी प्रहरी वृत्त (ठिमी) मा जाहेरी दिएकी थिइन्। 

तर त्यस निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको पाइएकाले ती महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

अहिले ती महिला महानगरीय प्रहरी वृत्त ठिमीको हिरासतमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

‘मलाई बलात्कार गरियो, मेरो यति पैसा, मोबाइल लिएर गयो भनेर जाहेरी दिइछन्, तर पछि बुझ्दा त्यो समयमा ती व्यक्तिहरू त्यहाँ आएका पनि होइनन्, मोबाइल हराएको होइन रहेछ, उनैसँग रहेछ, फसाउने नियतले झुटा निवेदन दिएको पाइएपछि नियन्त्रणमा लिएका हौं’, डीएसपी पाण्डेले नेपालखबरसँग भने। 

गोप्यताका लागि महिला, पुरुष दुवैको नाम खुलाइएको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .