अपराध


प्रहरी बताएर हतियारसहित प्रवेश गरेका व्यक्तिबाट भक्तपुरमा डकैती, दुई जना पक्राउ

प्रहरी बताएर हतियारसहित प्रवेश गरेका व्यक्तिबाट भक्तपुरमा डकैती, दुई जना पक्राउ

नेपालखबर
असोज ३१, २०७९ सोमबार १४:१६, काठमाडौँ

भक्तपुरमा डकैती गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २५ गते राति ३ बजे मध्यपुर ठिमी नगरपालिका ३ गट्ठाघरस्थित एक घरमा हतियारसहित ढोका फोडेर प्रवेश गरेका व्यक्तिले डकैती गरेका थिए। 

पेस्तोल र खुकुरीसहित प्रवेश गरेर डकैती गर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का ४१ वर्षीय अम्मरबहादुर मगर र संखुवासभाको पाँचखपन नगरपालिका ८ का ३२ वर्षीय रविन किशोर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

फलामको रडले ढोका फोडेर प्रवेश गरेका उनीहरुले आफू प्रहरी भएको बताएका थिए। घरमा भएका व्यक्तिलाई पेस्तोल ताकेर धनमाल लगेका थिए।

घटनामा प्रयोग भएको मेडइन इटाली लेखेको पेस्तोल, त्यसको दुई राउण्ड गोली, खुकुरी र रडसहित प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई थप कारबाहीका लागि सोमबार भक्तपुर परिसरमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad