बर्दियामा जबरजस्ती करणी र अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट सजाय सुनाइका फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वारबर्दिया नगरपालिका–६ बस्ने प्रेमलाल थारु रहेका छन्।
उनीविरुद्ध बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७५ असार १३ गतेको फैसला आदेशले २ महिना कैद सजाय तोकिएको थियो।
फरार रहेका प्रेमलाललाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाटै पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया